सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

झनझन् बढ्दै देश छाड्नेको लर्को, पुसमा मात्र ६५ हजार बिदेसिए

बिहिबार, माघ ४ २०८०

काठमाडौं । राजनीतिक दलका नेताहरुले जति नै ठूला गफ गरेपनि पछिल्लो समयमा रोजगारी तथा अध्ययनका लागि नेपाल छोड्नेहरुको यात्रा रोकिएको छैन ।

नेपाल बेरोजगारीको समस्याले आक्रान्त छ। यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारणमा जनसङ्ख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरणको अभाव, निजी क्षेत्रको व्यवसायको कमी हुनु र अन्य कारणले गर्दा बेरोजगार समस्या बढिरहेको छ।

ग्रामीण क्षेत्रमा रोजगारीको अवसर नहुनाले र सहरी क्षेत्रमा उचित पारिश्रमिक नपाउनाले आर्थिक अवस्था कमजोर हुनाले वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ।

पुस महिनामा वैदेशिक रोजगारीका लागि ६५ हजार ८१३ जना बिदेसिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार जसमध्ये २६ हजार ७२३ जना मेनपावर कम्पनीबाट गएका छन् भने व्यक्तिगत तबरबाट ६ हजार ३९८ जना गएका छन् । यस्तै अन्य भने पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको विभागको भनाइ छ ।

गत आर्थिक वर्ष २०७९÷८० को पुस महिनामा ६५ हजार ४६४ जना विदेशीएका थिए ।

विभागका अनुसार पुस महिनामा १०५ मुलुकमा नेपालीहरु वैदेशिक रोजगारीमा गएका छन् । त्यसमध्ये सबैभन्दा धेरै पुनः श्रमस्वीकृति समेत गरी १६ हजार ३८५ जना वैदेशकि रोजगारीमा गएका छन् । पुस महिनामा यूएई जानेको संख्या नै सबैभन्दा धेरै रहेको विभागले जनाएको छ ।