स्याङ्जाको पुतलीबजार नगरपालिका–७ बाजपुर बस्ने ४२ वर्षीय चन्द्र बहादुर थापाको घरमा विद्युत सर्ट भई मंगलबार दिउँसो आगलागी हुँदा नगद १५ हजार रूपैयाँ, सुनका बिभिन्न गरगहना, अन्नपात, लत्ताकपडा गरी करिब ९ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
ललितपुरको गोदावरी नगरपालिका–१० टाखेल बस्ने कृष्ण प्रसाद घिमिरेको नयाँ बस्ती पशुपालन फार्मको छाप्रोमा कुडो पकाउने क्रममा मंगलबार दिउँसो आगलागी हुँदा छाप्रो, भैंसी ३ वटा, भैंसीको दाना, भुसा, पिना, ढुटो, पराल, भुसा काट्ने चाँप कटर मेसिन १ थान र अन्य सरसामान गरी १० लाख २३ हजार ३ सय रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सुनसरीको कोशी गाउँपालिका–७ हरिपुर बस्ने प्रितम दासको गोठमा गएराति आगलागी हुँदा गोठ पूर्ण रुपमा जलेर करिब २२ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । साथै उक्त आगो फैलिएर सोही ठाउँ बस्ने हिरामणी देवी शर्माको घर, घरभित्र रहेको नगद १ लाख २० हजार र काठ चिर्ने मेसिन गरी करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
बाराको कलैया उपमहानगरपालिका–३ गंगापुर बस्ने ५८ वर्षीय द्धारिका साह कानूको गोठमा गएराति आगलागी हुँदा करिब ५ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।