काठमाडौं महानगरपालिका–१७ क्षेत्रपाटी कुश्लेचौर डेरा गरी बस्ने ३० वर्षीय सुबिर द्रुतराजको कोठामा विद्युत सर्ट भई बिहीबार दिउँसो आगलागी हुँदा करिब ३ लाख ४५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलस्थित काठमाडौं महानगरपालिका–३२ महादेव स्थान बस्ने ४५ वर्षीय सुसिल ज्ञवालीको हिमालयन नेचुरल्स प्रालि कारखानामा विद्युत सर्ट भई शुक्रबार बिहान आगलागी हुँदा करिब १७ लाख ६० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
रूपन्देहीको ओमसतिया गाउँपालिका–२ पड्सरीस्थित रेश्मा पेट्रोल पम्पकोभित्र पार्किङ गरी राखेको ना.६ ख ८०५० नम्बरको खाली ट्रकमा वायरिङ तार सर्ट भई बिहीबार राति आगलागी हुँदा ट्रकको क्याभिनको सिट, वायरीङ तार जलेर क्षति भएको छ । क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।