काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ ढलान डेरा गरी बस्ने नुवाकोट घर भएका ३८ वर्षीय राजकुमार परियार आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
मकवानपुरको मनहरी गाउँपालिका–३ कौगेडीस्थित माइती घरमा बस्दै आएकी ६१ वर्षीया साबित्री पाण्डे सोही ठाउँस्थित गोरेटो बाटोमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । बागलुङको ढोरपाटन नगरपालिका–९ सुप्राङस्थित भुजिखोला जलविद्युत आयोजनाको कुलाको पानीमा सोही नगरपालिका फलियाघर बस्ने ७७ वर्षीय पूर्ण बीर विक शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँ बस्ने ५१ वर्षीय पूर्ण बहादुर नेपाली सोही उपमहानगरपालिका–३ सातबाँस ढकेलीथानस्थित पातु खोलाको किनारमा बिहीबार मृत अवस्थामा फेला परेका छन् । यसैगरी तुलसीपुर उपमहानगरपालिका–११ उरहरीस्थित बारीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४२ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।