सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

नाडाद्वारा अटो नेपाल सम्मानित

शुक्रबार, पुष २७ २०८०

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको ४७ औं वार्षिक साधारणसभामा निवर्तमान अध्यक्ष डा. ध्रुव थापाको पहलमा पहिलो पटक संचार क्षेत्रका तर्पmबाट अटो नेपालका प्रकाशक तथा निर्देशक रोशनकुमार श्रेष्ठ कदरपत्रद्धारा सम्मानित भएका छन् । उहाँले आप्mनो कार्यकालका सहयोगीहरुलाई पनि डा. ध्रुव थापाले सम्मान गरिएको थियो ।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यता रहेको थियो । उनलाई नाडाका अध्यक्ष डा. ध्रुव थापाले १६ वर्षदेखि निरन्तर अटो नेपाल, मासिक पत्रिका निकालेर नेपालको अटो क्षेत्रमा ठूलो टेवा पुर्याएका कारण सम्मानित गरेका हुन् । अटो नेपालको प्रकाशन २०६४ सालदेखि भएको हो । यो पत्रिकाले उक्त समयदेखि नै अटो क्षेत्रलाई व्यवस्थित बनाउनका लागि कलम चलाउँदै आएको छ ।

अटो नेपालले अटो क्षेत्रको जानकारी, समस्या, सल्लाह, प्रविधी, ग्रिन इनर्जी, पर्यटकीय गन्तव्यको सडकका विषयमा जोडदार रुपमा कलम चलाउँदै आएको छ । अटो नेपाललाई सम्मान गरेर अटो नेपालको यो क्षेत्रप्रतिको दायित्व अझै बढेको यसका सम्पादक सरोज प्याकुरेलले बताएका छन् ।
सम्मानित भएपछि निर्देशक रोशनकुमार श्रेष्ठले यो क्षेत्रमा जुनसुकै परिस्थितिमा पनि निरन्तरता दिइरहने बताएका छन् ।