काभ्रेको पाँचखाल नगरपालिका–२ अनैकोट घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–८ मलरा बस्ने ६२ वर्षीय विश्वनाथ घिमिरे काभ्रे भुम्लु गाउँपालिका–६ आँपघाटस्थित सुनकोशी नदीमा बुधबार मृत अवस्थामा फेला परेका छन् । पुस १८ गतेदेखि हराएका उनको खोजी गर्ने क्रममा उक्त नदीमा शव फेला परेको हो ।
लमजुङको सुन्दरबजार नगरपालिका–९ धारापानीस्थित मर्स्याङ्दी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ६५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
कपिलवस्तुको शिवराज नगरपालिका–५ बालापुर मोडस्थित कलभर्टमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।