सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बिहिबार, पुष २६ २०८०

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।