सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

कडा सुरक्षाका बिच रामबहादुर बम्जनलाई सर्लाही पुर्‍याइयो

बिहिबार, पुष २६ २०८०

काठमाडौं । बलात्कार, हत्या तथा बेपत्ता आरोपमा पक्राउ परेका रामबहादुर बम्जन भन्ने रामलाल बमजनलाई प्रहरीले सर्लाही पुर्याइएको छ ।

बमजनलाई आज नै सर्लाही जिल्ला अदालतमा पेस गरिने छ । विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायी बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बम्जनलाई बुधवार राति कडा सुरक्षाका बिच सडक मार्ग हुँदै सर्लाही पुर्याइएको हो ।

बमजनलाई विमानमार्फत यहाँ ल्याउने तयारी गरिए पनि मौसम प्रतिकुल रहेकाले विमान आउने/नआउने अनिश्चित भएपछि राति नै सडक मार्ग भएर त्यहाँ लगिएकाे हाे ।

उनलाई अहिले जिल्ला प्रहरी कार्यालय मलङ्गवाको हिरासतमा राखिएको प्रहरी स्रोतले जनाएको छ । लामो समयदेखि फरार रहेका बमजनलाई मङ्गलबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले पक्राउ गरेको थियो ।

उनको घरबाट बरामद भएको नगद तथा जिन्सी र बमजनको जीवनशैली अपत्यारिलो छ । बमजनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।