सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

सन्दीप लामिछानेमाथि अदालतले आज सजाय तोक्दै

बुधबार, पुष २५ २०८०

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय निर्धारण गर्दैछ ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै सजाय तोक्न पुस २५ गतेको पेसी तोकेका थिए ।

लामिछानेले पीडित युवतीको नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर जबरजस्ती करणी गरेको अदालतको ठहर छ ।

आजको पेसीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुने छ ।

जिल्लाको फैसलाको पूर्णपाठ तयार भएपछि त्यसमा चित्त नबुझेमा मुद्दाका दुवै पक्षले उच्च अदालतमा पुनरावेदन गर्न पाउनेछन् ।

राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा बलात्कार सम्बन्धी उजुरी परेको थियो । सन्दीपले ५ भदौमा गौशला २६ लाई बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । उजुरीमा उनी नाबालिका भएको भनिएको थियो । अन्तत अदालतले उनी नाबालिका नहरेको ठहर गरेको छ ।