शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

घट्यो सुनको मूल्य, कति छ तोलाको ?

मंगलबार, पुष २४ २०८०

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

सोमबार प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

छापावाला सुन आज दुई सय रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज तेजावी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । महासंघका अनुसार आज चाँदीको मूल्य स्थिर छ । आज चाँदी १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।