काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफूलको मुल्य सार्बजनिक गरेको छ ।
जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२०, कालो अंगुर ३२०, केरा १३०, अनार ३००, किवी २५०, आभोकाडो २५०, अमला ८० र अम्बा १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
समितिका अनुसार भारतीय ठूलो गोलभेडाको मूल्य बढेको छ । सोमबार प्रतिकेजी ४० रूपैयाँमा कारोबार भएको भारतीय ठूलो गोलभेडाको मंगलबार प्रतिकेजी ५० रूपैयाँमा कारोबार भइरहेको छ ।
नेपाली ठूलो गोलभेडा ४०, लोकल सानो गोलभेडा १०, अदुवा १५०, रातो आलु ३३, रातो भारतिय आलु ३० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २५, कागती १२०, सुकेको खुर्सानी ४८०, हरियो खुर्सानी ६०, अकबरे हरियो खुर्सानी ५५० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।
लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ३५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा ३०, लोकल सेतो मूला र रातो मूला १०, लोकल घिउ सिमी ४०, राजमा घिउ सिमी ८० र हरियो फर्सी लाम्चो २०, डल्लो हरियो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४०, रायो साग ३०, चमसूर, पालूगो मेथी र सौफको साग ९० रुपैयाँमा कारोबार हुदाँ जिरीको साग ८० रुपैयाँमा कारोबार हुनेछ ।
तराई परवर १३०, गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ८५, चाइनिज प्याज ६०, हरियो प्याज ९० र पुदीना २२० रुपैयाँ केजी रहेको छ ।