सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

मृत अवस्थामा फेला

आइतबार, पुष २२ २०८०

मनाङको ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित सोनाम गुरुङको घरमा काम गरी बस्ने गोरखा नगरपालिका–६ हरमटारी घर भएका ४० वर्षीय उत्तम गुरुङ उक्त घरको स्टोर रुममा शनिबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, फिक्कल गाउँपालिका–५ रजे गाउँ बस्ने ७४ वर्षीय मन बहादुर बुढाथोकी घर नजिकै आफ्नै बारीमा शनिबार मृत अवस्थामा फेला परेका छन् । बारीको कान्ला खन्न गएका उनको ढिस्कोले पुरिएको अवस्थामा शव फेला परेको हो ।

रूपन्देहीको मायादेवी गाउँपालिका–५ बसौलीस्थित बाटो मुनि पानी जमेको खाल्डोमा अन्दाजी ८ महिनाको शिशु बालकको शव शनिबार फेला परेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।