बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रिय सभाको सिट बाँडफाँड गर्न सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

आइतबार, पुष २२ २०८०

काठमाडौं । सीट बाँडफाँड टुंगो लगाउन बालुवाटारमा सत्तारुढ चार दलको बैठक सुरु भएको छ।

शनिबार मध्यरातसम्म बसेको बैठकबाट सहमति हुन नसकेपछि गठबन्धनका शीर्ष नेताहरू आज पुन: प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बसेका हुन् ।

शनिबार मध्यरात सम्पन्न बैठकले बागमती र गण्डकी बाहेकका प्रदेशमा लगभग सहमति जुटाइसकेको छ ।

बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरू सहभागी भएका छन् ।

शनिबार रातिको बैठकमा १९ सिटका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले १० माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादीले एक लिने गरी लगभग सहमति भएको छ ।

शनिवार तीन दलले सहमतिको अन्तिम ड्राफ्ट तयार गरेपनिनेकपा एसका अध्यक्ष माधव नेपाल रिसाएर हिँडेका थिए। माधव नेपालले तीन सिटमा दाबी गरेका छन् । तर कांग्रेस र माओवादीले दुई सिटमात्र दिन सकिने बताइरहेका छन् ।

यस्तै सिट दाबी गरेका जनमत र राष्ट्रिय जनमोर्चाले पनि चित्त बुझाएका छैनन् ।

ती लगायत विषयमा सहमतिमा पुग्न आज पुन: बैठक बसेको हो ।