दाङको लमही नगरपालिका–३ नारायणपुरस्थित चेनुवाचपरा बस्ने ६५ वर्षीय सुखीराम चौधरी सोही ठाउँस्थित बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
मोरङको रंगेली नगरपालिका–५ आँपगाछी बस्ने ६२ वर्षीया पारो देवी मण्डल आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
काठमाडौं महानगरपालिका–८ पशुपती देवालय पाटीको पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । ललितपुरको ललितपुर महानगरपालिका–१८ नख्खु चोभार भन्ज्याङमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।