बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

बिहिबार, पुष १९ २०८०

काठमाडौं महानगरपालिका–८ पशुपतिस्थित पुजाको सामग्री र फुल बेच्ने पसलमा बुधबार राति आगलागी हुँदा ११ वटा पसल, पुजाको सामग्री र फुलहरू जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सप्तरीको रूपनी गाउँपालिका–१ रूपनी बजार बस्ने अजय चौधरीको घरको छतमा रहेको विद्युतको तार सर्ट भई बुधबार राति आगलागी हुँदा सोही घरमा रहेको उनकै न्यू सप्तरी मेडिकल हल अंकित फार्मेसीको औषधि स्टोरमा रहेको औषधि जलेर करिब १५ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सिरहाको सुखिपुर नगरपालिका–१० बिश्वकर्मा चौक बस्ने रामबिलास मोचीको घरमा बुधबार दिउँसो आगलागी हुँदा अन्नपात, लत्ताकपडा लगायतका सामान जलेर करिब ३ लाख १७ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।