बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

बिहिबार, पुष १९ २०८०

काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ स्थित चेक प्वाइन्टबाट नियन्त्रित लागूऔषध नाईट्राभेट ५० ट्याब्लेटसहित बारा जितपुरसिमरा उपमहानगरपालिका–१ बस्ने ३४ वर्षीय जयराम दहाललाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङगा समेतबाट खटिएको प्रहरीले बारा कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख १८०३ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार दहाललाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

कैलालीको जानकी गाउँपालिका–८ बेबस्थित नगर जाने सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्रामसहित लम्की चुहा नगरपालिका–१ भुरूवा बस्ने २० वर्षीय समिर चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कर्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

बाँकेको कोहलपुर नगरपालिका–१५ चौधरीयाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २६ वर्षीय राम कुमार थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी हवल्दारपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी बाँकेको खजुरा गाउँपालिका–६ सिमलघारीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय बिनोद शाहीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।