संखुवासभाको खाँदबारी नगरपालिका–३ लिलिवर बस्ने मनोज दर्जीको घरमा करेन्ट सर्ट भई मंगलबार राति आगलगी हुँदा करिब ४ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
पर्साको वीरगंज महानगरपालिका–१५ बसपार्कमा पार्किङ गरी राखेको अवस्थामा ग.२ ख ९२८ नम्बरको बसमा मंगलबार राति आगलागी हुँदा बस पूर्णरूपमा जलेर नष्ट भएको छ । बर्दियाको बासगढी नगरपालिका–९ माछागढ मोहनपुरस्थित मित्रलाल चौधरीको राप्ती अर्डर एण्ड सप्लायर्सको कपासको गोदाममा करेन्ट सर्ट भई बुधबार बिहान आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।