सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बुधबार, पुष १८ २०८०

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मेचिनगर नगरपालिका–९ मागुरमाणी बस्ने २८ वर्षीय भुपाल विकलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।