सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

मृत अवस्थामा फेला

सोमबार, पुष १६ २०८०

रूपन्देहीको कञ्चन गाउँपालिका–५ उत्तर देउराली बस्ने ६० वर्षीय लखन अधिकारी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गोरखाको गोरखा नगरपालिका–१४ स्थित हिल कटेज होटल संचालन गरी बस्दै आएका पालुङटार नगरपालिका–८ लामाचौर बस्ने २८ वर्षीय महेश पन्थ सोही कटेजको आफू सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेका छन् । कास्कीको पोखरा महानगरपालिका–२८ रैकर ओदहरेस्थित सडकको नालामा सोही ठाउँ बस्ने २४ वर्षीय कमल बुढाथोकी सोमबार मृत अवस्थामा फेला परेका छन् ।

दोलखाको शैलुङ गाउँपालिका–५ काटाकुटीस्थित भिरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।