बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

निषेधित क्षेत्रमा ‘धोती दिवस’ मनाउन पुग्दा मन्त्री नै पक्राउ

सोमबार, पुष १६ २०८०

काठमाडौं । राष्ट्रिय धोती दिवस’ भन्दै निकालिएको र्‍याली माइतीघरको निषेधित क्षेत्र प्रवेश गर्न खोजेपछि प्रहरीले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी साहलाई पनि पक्राउ गरेको छ ।

मन्त्री साह आज बिहान बसेको मन्त्रिपरिषद् बैठक लगत्तै प्रदर्शनमा पुगेकी थिइन्।

‘राष्ट्रिय धोती दिवस’ मनाउन भन्दै माइतीघर भेला भएकाहरुमाथि प्रहरीले हस्तक्षेप गरेको थियो । जनवरी १ को अवसर पारेर धोती दिवसको र्‍याली निकाल्दा प्रहरीले हस्तक्षेप गरेको हो।

आज बिहान जनमत पार्टीका अध्यक्ष सिके राउत मधेशी समुदायका केही व्यक्तिसहित सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघरतर्फ बढ्दा प्रहरीले हस्तक्षेप गर्दै करिव ६० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

विद्यार्थी जनमत संघको आयोजनामा धोती दिवस मनाउन पुगेका युवमाथि प्रहरीले हस्तक्षेप गरेपछि केहि समय धकेलाधकेल भएको थियो ।

क्राउ परेकाहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।