सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सोमबार, पुष १६ २०८०

१० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनकोशी गाउँपालिका–६ कोइले बस्ने २७ वर्षीय कृष्ण भण्डारीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीले ती बालिकालाई सोही ठाउँस्थित झाडीमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ठुलोपाखरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।