सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

आजदेखि अंग्रेजी नयाँ वर्ष २०२४ शुरु

सोमबार, पुष १६ २०८०

काठमाडौं । आजबाट अंग्रेजी पात्रोअनुसार नयाँ वर्ष २०२४ सुरु भएको छ । विश्वभरी नयाँ वर्षलाई हर्सोल्लासका साथ स्वागत गरिएको छ ।

जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुआत भएको भन्ने भनाइ रहेको छ ।

पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।

सन् २०२३ लाई विदाई गर्दै नयाँ वर्ष २०२४ लाई स्वागत गर्दै नेपालमा पनि एकआपसमा शुभकामना आदान प्रदान गर्दै विदेशीको बढी उपस्थिति हुने काठमाडौंको ठमेल, बौद्ध तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायतका स्थानमा विशेष रुपमा यो पर्व मनाईएको छ ।

विश्वरभर नयाँ वर्षलाई भव्य स्वागत गरिँदैछ ।