दाङ। बर्दियाबाट वनभोजका लागि दाङ आएका यात्रु बोकेको बस दुर्घटना भएको छ ।
राप्ती राजमार्ग अन्ततरगत सितलपुर-अमेलिया सडक खण्डको भञ्जाङमा बस दुर्घटनामा परेको हो ।
आइतबार बिहान करिब ७ बजेतिर बस दुर्घटनामा परेको बताइएको छ ।
दुर्घटनामा परि झन्डै २० जना घाइते भएको प्रहरीले बताएको छ ।
बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा पिकनिकका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस दुर्घटनामा परेको हो ।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक नबचन्द्र मल्लले २० जना जति घाइतेको उद्धार गरि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ पठाइएको बताए। बसमा कुल ४० जना जति सवार रहेको अनुमान गरिएको छ । ती मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।
उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय खटिएका थिए ।