काठमाडौं । प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरी ध्यानाकर्षण गराएका छन् ।
हेटौंमा बसेको मुख्यमन्त्रीहरुको बैठकले गरेका निर्णयहरू प्रधानमन्त्रीलाई सुनाउँदै संघीयता कार्यान्वयनका सवालमा ध्यानाकर्षण गराएका हुन् । सो भेटमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि थिए ।
उनीहरुले संघीयता कार्यान्यन र सविधान बमोजिम प्रदेश सरकारलाई अधिकार दिन प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
शुक्रबारको बैठकले संघीयता कार्यान्वयन र प्रदेश सरकारको अधिकारलाई नै जोड दिएको थियो ।
बैठकमा सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह, कर्णालीका राजकुमार शर्मा, लुम्बिनीका डिल्लीबहादुर चौधरी, गण्डकीका सुरेन्द्रराज पाण्डे, वाग्मतीका शालिकराम जम्कट्टेल, मधेशका सरोजकुमार यादव र कोशी प्रदेशका केदार कार्कीको सहभागीता रहेको थियो ।