बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

शुक्रबार, पुष १३ २०८०

ईश्वरपुर नगरपालिका–१३ स्थित १२ नम्बर टोल बस्ने ३२ वर्षीया बेबी ठाकुरलाई अवैध लागूऔषध गाँजा करिब ५ केजीसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ठाकुरले आफ्नै किराना पसलमा गाँजा लुकाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय केशरगंज र प्रहरी चौकी गौरिशंकरबाट खटिएको प्रहरीले पसल तलासी गर्दा उक्त गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।