सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

विभिन्न हातहतियार सहित दुई जना पक्राउ

बुधबार, पुष ११ २०८०

पाथिभरा याङवरक गाउँपालिका–१ त्रिवेणी भन्ने जङ्गलबाट विभिन्न हातहतियारसहित सोही गाउँपालिका–१ सेसम्बु बस्ने २४ वर्षीय मौसम खिमदिमसमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाका आधारमा प्रहरी चौकी मेवाखाबाट खटिएको प्रहरीले उनीहरूलाई दुई नाले भरुवा बन्दुक १ थान, एक नाले भरुवा बन्दुक १ थान, खुकुरी १ थान, मृगको सिङबाट बनेको गुलेली १ थान, मारेको कालिज १ वटा र भरुवा बन्दुकमा प्रयोग हुने विभिन्न सामाग्रीहरूसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।