सोमबार, कार्तिक २३ २०८३

सोमबार, कार्तिक २३ २०८३

एमाले लाइनमा रवि लामिछाने !

बुधबार, पुष ११ २०८०

काठमाडौँ – छोटो समयमा लामो सफलता हात पारेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राजनितिक रणनीति भावि योजना कसरी तय गर्ने भन्ने विषयले पिरोल्न थालेको छ । टेलिभिजनमा नेताहरुको खोट देखाएर चर्चित बन्न पुगेका लामिछानेलाई अहिले त्यहीँ चर्चा भारि बन्न पुगेको छ ।

रविको टेलिभिजन कर्मबाट सन्तुष्ट जनता पक्कै पनि उनको राजनितिक कर्मबाट सन्तुष्ट छैनन् । पुराना दलबाट आजित जनताले २०८०को निर्वाचनमा रविको पार्टीलाई राम्रै स्थानमा विराजमान गरिदिएका थिए तर पार्टी स्थापना भएको डेढ वर्षमा रवि लामिछाने जति विवादमा कमै मानिस तानिएका छन् ।

टेलिभिजन कर्मबाट राजनितिकमा उदाएका रविले लोकरिझ्याइँ कर्ममा आफ्नो धेरै समय खर्च गर्छन् । यस्तै भर्खरै सम्पन्न एमालेको मध्यपहाडी पदयात्राको नक्कल गर्दै नारायणगढ–बुटवल सडक मार्च गर्न लागेका छन् । जबकि यो सडक निर्माणमा भएको ढिलाइबारे मिडियाले हरेक दिनजसो समाचार दिइरहेका छन् ।

नारायणगढ–बुटवल बाटो विस्तार गर्ने योजनामा सरकारले ध्यान नदिँदा अस्तव्यस्त छ र यात्रुले दुःख पाएका छन् । यात्रुको त्यही दुःखको संवेदनामा खेलेर अटेन्सन सिक गर्न रवि पैदलयात्राको स्टन्ट गर्दैछन् ।