काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले फेरि उकालो लागेको छ ।
आज एकैदिन तोलामा २८ सय रुपैयाँले बढेको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला २८ सयले बढेर एक लाख १८ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
बुधबार प्रतितोला एक लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै तेजाबी सुनको १ लाख १८ हजार २५० रुपैयाँ कायम छ । हिजो तेजाबी सुनको मूल्य १ लाख १५ हजार ४५० रुपैयाँ कायम थियो ।
आइतबार प्रतितोला एक लाख २० हजार २ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज बढेर एक लाख २१ हजार रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा ५५ रुपैयाँले बढेर चाँदी आज एक हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।