शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

सुन र चाँदीको मूल्यमा नयाँ रेकर्ड

ह्वातै बढ्यो सुनको भाउ, कति पुग्यो तोलामा ?

आइतबार, मंसिर १७ २०८०

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड बनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ १८ सय रूपैयाँले  बढेर नयाँ रेकर्ड बनाएकाे हाे ।

आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार पुगेको हो । याे हालसम्मकै उच्च मूल्य हाे ।

यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो । गत शुक्रवार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी ब्यावसायी संघले जनाएको छ ।

आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।