काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आइतबार सुन र चाँदीको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ६ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य एक लाख १६ हजार ९ सय र तेजावी सुनको मूल्य एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
शुक्रबार एक लाख १६ हजार ३ सय रुपैयाँमा छापावल सुन, एक लाख १५ हजार ७५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य एक हजार ४८५ रुपैयाँ कायम भएको छ । शुक्रबार एक हजार ४५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।