बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

चर्चित गायक कुवँरले अस्ट्रेलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने

बुधबार, मंसिर ६ २०८०

काठमाडौं- नेपाली युवापुस्ता माझ निकै चर्चित उदयमान गायक नितेश जंग कुवरले अस्त्रिलियाका विभिन्न सहरहरुमा आफ्नो प्रस्तुति दिने भनेका छन् । रोटेपिङ्गले ५ सहरमा आयोजना गर्न लागेको कार्यक्रम फेब्रवरी २०२४ मा हुदैछ ।

दर्शकमा आफ्नो छुटै साङ्गीतिक छाप छोडेका नितेशका हितैको माया, हाम्रो नेपालमा, निष्ठुरी मोरी, रंगिन त्यो भित्तामा, खोलै खोला लगायतका गीतहरु चर्चित छन् । नेपाली युवापुस्ता माझ कुवँरको प्राय सबै गीतहरु लोकप्रिय छन् । उक्त कार्यक्रममा गायिका समृद्धि राईले समेत आफ्नो प्रस्तुति दिनेछिन । कार्यक्रमको अग्रिम टिकट शुक्रबारदेखि खुल्दैछ ।