बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

भारतीय लोकप्रिय चर्चित गायक बिनित सिंह नेपाल आउँदै

बुधबार, मंसिर ६ २०८०

काठमाडौं- भारत को चर्चित रियालिटी शो सा रे गा मा प् २००३ ,स्टार प्लस म्युजिक का माहामुकाब्ला २००७ र इन्डियन आइदल २०२३ एबम बलिउडमा दर्जनौ भन्दा बढी गित संगीत गाएर सबैको मन जित्न सफल चर्चित गायक बिनित सिंह नेपाल आउने भएका छन् ।

चर्चित गायक २००३ देखि हाल का युवा युवतीहरु माझमा धेरै नै रुचाइएको गायक नेपामा आउने पक्का भएसंगै उनले आफ्नो एक दिने सांगेतिक प्रस्तुतिका लागि एल एंड एन मोडेल एजेंसी संग सहकार्य गरेका छन् । यस एल एंड एन मोडेल एजेंसी ले भर्खरै आधिकारिक जानकारी गराउदै भारतीय चर्चित गायक “बिनित् सिंह “आफ्ना ब्याण्ड सहित सांगीतिक प्रस्तुतिको लागि नेपाल ल्याउदैछन । सिंहले नेपालको एकदमै लोकप्रिय सर्वोत्कृष्ट क्लब काठमाडौँ को दरबारमार्ग स्थित क्लब प्लाटिनममा मा यहि आउदो मंसिर १६ गते शनिबारको दिन आफ्नो संगेतिक प्रस्तुति राखिने भनि एक आपस बिच सहमति संगै सहकार्य गरि उक्त कार्यक्रम को टिकट बिक्रि वितरण भने एभेन्तोज नेपाल द्वारा गरिने भनि सम्झौता समेत भएको जानकारी ३६५ मिडिया का संचालक सुमन महर्जन ले जानकारी गराएका छन् ।

उक्त सांगेतिक साझमा भारतीय चर्चित गायक ले ३ दिने नेपाल भ्रमण संगै आफ्ना नेपाली प्रसंशकहरुलाइ भेट्ने ,पशुपतिनाथको दर्शन संगै नेपाली परिकारहरुको स्वाद लिने संगै नेपालको एतिहासिक धरोहरहरु को अबलोकन समेत गर्ने भनि आफ्नो इच्छा व्यक्त गरेकाछन।

भारतीय चर्चित गायकका दर्जनौ भन्दा भन्दा बढी सुपरहिट गित संगीतहरु रहेकाछन् ,जसमध्ये सबै भन्दा बढी संसारभरि रुचाइएको गित “तेरा प्यार प्यार हुक्कः बार , तुम चैन हो करार हो , जलते दिए , प्रेम लिला, तु कमाल दि कुदी जस्ता सुप्रसिध गितहरु द्वारा सम्पूर्ण नेपालीहरु को मन जित्न सफल भयेसंगे सर्बश्रेष्ठ गायकका उपाधि समेत पाएकाछन् । उक्त कार्यक्रमको मूल उद्देश्य नेपाली पर्यटन लाइ संरक्षण÷प्रबर्धन संगै ब्यब्साहिक प्रबर्धन समेत रहने भनि ३ दिने दिने नेपाल भ्रमण आयोजना गर्न लागिएको यस एल एंड एन मोडेल एजेंसीका प्रबन्ध निर्देशक नितिन कायस्थले जानकारी गराएकाछन् । एस कार्यक्रममा भारतीय मात्र न भएर नेपाली चर्चित गायक हरु संगै विभिन्न किसिमका प्रस्तुति संगै क्लब को बिभिन्न इन हाउस डिजेको प्रस्तुति समेत रहनेछन् । उक्त कार्यक्रमको टिकट आजैबाट अनलाइन अन्तर्गत इ–सेवा इभेन्ट्स मा जेनरल टिकट रु १०००– मा राखिएको छ भने भीइपी १५०० – मा राखिएको छ ।