शुक्रबार, कार्तिक १३ २०८३

शुक्रबार, कार्तिक १३ २०८३

आज पनि बढ्यो सुनको भाउ

बुधबार, मंसिर ६ २०८०

काठमाडौं । बुधबार सुनको भाउ प्रतितोला ३०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १६ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि मंगलबार छापावाला सुन तोलामा १ लाख १६ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । चाँदी प्रतितोला १ हजार ४५५ रूपैयाँमा किनबेच भइरहेको छ ।