बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

‘मिस युनिभर्स’ मा नेपाली प्रतिष्पर्धी दीपिकाले बटुलिन् चर्चा

मंगलबार, मंसिर ५ २०८०

काठमाडौं। केही महिना पहिले ललितपुरको गोदवारीस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा आयोजित मिस यूनिभर्स नेपाल २०२३ मा उपाधि जितेर मिस यूनिभर्स २०२३ मा नेपालको प्रतिनिधित्व गर्ने जेन दीपिका गेरेट अहिले अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चाको विषय बनेकी छिन् ।

मिस युनिभर्समा सहभागी हुने पहिलो ‘प्लस साइज’ मोडलको रुपमा उनले अन्तर्राष्ट्रिय चर्चा पाइन् । उनले मिस यूनिभर्स प्रतियोगितामा विश्वकै ध्यान आकृष्ट गर्न सफल भएकी थिइन् । सामान्यभन्दा बढी वजन भएपनि आत्मविश्वास सहितको आफ्नो सुन्दर, कामुक बनावटका साथ सौन्दर्य प्रतियोगिताहरुमा सशक्त उपस्थिति दर्ज गरेकी थिइन् ।

हालै सम्पन्न मिस यूनिभर्स २०२३ को उत्कृष्ट २० मा पर्न सफल भएकी उनको प्रतियोगिताको क्रममा दिएको प्रस्तुति, हाउभाउ तथा प्रतिभाको चौतर्फी प्रशंसा भइरहेको छ ।

२१ जना प्रतिस्पर्धिहरुलाई पाखा लगाएर मिस यूनिभर्स नेपाल २०२३ को उपाधि जितेकी उनले मिस यूनिभर्स २०२३ को विशाल मञ्चमा प्लस साइस मोडलको रुपमा विश्वकै ध्यान आफूतिर आकर्षित गर्न सफल भएकी हुन् ।

मिस यूनिभर्स २०२३ मा उत्कृष्ट २० मा पर्न सफल दीपिकाको चर्चा अन्तराष्ट्रियस्तरमै भैरहेको छ । उनको आकर्षक जिउडाल र शरिरको बनावट र सौन्दर्यताको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चा पाइरहेको छ ।

केही दिनअघि अल साल्भाडोरमा सम्पन्न भएको मिस यूनिभर्स २०२३ पेजेन्टको प्रारम्भिक चरणमा दीपिकालाई दर्शकले अत्यधिक मन पराएका थिए । त्यस्तै उनलाई दर्शकबाट उत्तिकै सपोर्ट पनि प्राप्त भएको थियो ।