आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दोलखामा एक युवकको मृत्यु

आइतबार, मंसिर ३ २०८०

दोलखा । शनिबार पुष्पलाल राजमार्ग ( तामाकोसी–मन्थली सडक) को गोपिखोला नजिक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। दुर्घटनामा अर्का युवक घाइते भएका छन्।

बागमती प्रदेश ०१००३ क ९३५९ नम्बरको ट्रकको ठक्करबाट बा २९ प ११६२ नम्बरको मोटर साइकलमा सवार दोलखा तामाकोसी गाउँपालिका वडा नम्बर–१ भीरकोटका २२ वर्षीय सुशिल माझीको घट्ना स्थलमै मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दीपक खड्काले बताए।

दुर्घटनामा मोटर साइकलमा सवार अर्का युवक तामाकोसी–१ भीरकोटकै २२ बर्षिय माइकल माझी घाइते भएका छन्। माझीलाई चरिकोट स्थित पुशपति चौलागाई स्मृति अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ।