जेष्ठताको आधारमा उपरथी अशोकराज सिग्देल र निर्मलकुमार थापाको नागरिकता तथा शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलाशा। प्रधानसेनापति प्रभुराम शर्मा पछि दावेदार रहेका उपरथी ताराध्वज पाण्डेले कार्तिक २३ गते जंङ्गी अड्डामा राजीनामा बुझाएका छन।
उनी पछीका अर्का भावी प्रधानसेनापतिको लाइनमा रहेका अशोकराज सिग्देलको नागरिकता पनि ‘किर्ते’ छन् । जो गम्भीर र दण्डनीय कार्य हो। सिग्देलको नागरिकतामा पनि पाण्डेको जस्तै कैफियत छ । सिग्देलको वास्तविक जन्ममिति २०२१ साल फागुन थियो तर उनले प्रतिलिपि नागरिकतामा जन्ममिति २०२३ साल माघ बनाएका छन् । यति मात्र नभई सिग्देलपछिको उपरथी निर्मलकुमार थापाको १२ कक्षाको शैक्षिक प्रमाणपत्र नै नक्कली छ ।
सेनामा जागिर थप्न तथा प्रधान सेनापति हुन उमेर सच्याउने परानो रोग हो। नागरिकता सच्याउने, शैक्षिक प्रमाणपत्र नक्कली बनाउने खेल सेनाभित्र योजनावद्धरुपमै हुन्छ । सैनिक उच्च अधिकारी अनुसार महारथी प्रभुराम शर्माकै प्रतिलिपि नागरिकता छ। प्रतिलिपिमा उनको जन्ममिति ०२० साल छ तर पहिलो नागरिकतामा उनको जन्ममिति २०१९ साल थियो । जन्ममिति मिलाएर उनी अहिले प्रधान सेनापति छन् ।सत्य तत्थयका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौं बाट महारथी शर्माको नागरिकताको कैफियत हेर्न सकिन्छ। शर्मा स्वयं प्रधान सेनापति भएपछि मात्र उनको नागरिकतामा कैफियत रहेको खुलासा भयको छ।
रथी बढुवा तथा भावि सेनापतीको मुखमा रहेका उपरथी पाण्डेको जन्ममिति कैफियतको खुलासा भएर उनी राजिनामा दिई सकेका छन। अब रथी बढुवाकै सिनिएर रहेका अशोकराज सिग्देल र निर्मलकुमार थापाको पनि नागरिकता तथा शैक्षिक प्रमाणपत्रको किर्ते समेत सार्वजनिक गरेर दळडनिय गरी देश मुलुक अनि साॅगंठनिक सस्था नेपाली सेनाको लागि हितकारक रहन्छ।
-नेपाली सेनाको भलो चिताउने सैनिक अधिकारी