आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

बालगोपालेश्वर मन्दिरमा भाइटीका

बुधबार, कार्तिक २९ २०८०

काठमाडौं । आज तिहारको अन्तिम दिन अर्थात् भाइटीका ।

दिदीबहिनीले दाजुभाइको पूजा गरी भाइटीका मनाइएको छ । कार्तिक शुक्ल द्वितीया तिथिका दिन भाइटीका मनाइन्छ ।

यसदिन दिदीबहिनीले दाजुभाइको विधिपूर्वक पूजाआजा गरी मनपर्ने खानेकुरा खान दिने र दिदीबहिनीलाई यथासक्य दक्षिणा तथा उपहार दिने परम्परा रहेको छ । दिदीबहिनी नहुने दाजुभाइले रानीपोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरमा भाई टीका लगाएका छन् ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइने प्रचलन छ ।

बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदीबहिनी एवं दाजुभाइ नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।

बाल गोपालेश्वर मन्दिर आज दिनभर खुला गर्न सबै तयारी पूरा भएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।