बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

आइतबार, कार्तिक २६ २०८०

११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पौवादुङमा गाउँपालिका–२ छोकिमाला बस्ने २१ वर्षीय निरोज राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई कात्तिक २२ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय तिवारीभञ्याङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।