बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

तिहारपछि केही मन्त्री फाल्ने र नयाँ ल्याउने तयारी गर्दै प्रचण्ड ?

आइतबार, कार्तिक २६ २०८०

काठमाडौं – काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुको कार्यमूल्यांकनको तयारी भएको छ । तिहारपछि मन्त्रीको कार्य क्षमता मूल्यांकन गरी हेरफेर गर्ने विषयमा प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा नेताहरुसँग छलफल अगाडि बढाएका छन् । अनौपचारिक रुपमा यो विषयले दशैं अघि नै प्रवेश पाएको भएपनि सरकारको एक बर्ष पुगेको आसपासमा मन्त्रीहरुको हेरफेर गर्ने विषय अगाडि बढेको हो ।

मन्त्रीहरुमध्ये केहीको मन्त्रालय परिवर्तन गर्नेदेखि केहीलाई फिर्ता बोलाउने सम्मको तयारी रहेको बुझिएको छ । राजनीतिक वृत्तमा चलेको चर्चा अनुसार अहिलेका मध्ये अधिकांशलाई फेर्नुपर्ने पार्टीभित्र चर्चा चलेका छन् । कांग्रेसका मन्त्रीहरु भूमिका नै नदेखिएको भन्दै कांग्रेसका २०८० साउनको केन्द्रीय कार्यसमिति बैठकमा नै प्रश्न उठेको थियो ।

त्यसपछि पनि निरन्तर प्रश्न उठिरहेको छ । अझ काम पनि गर्न नसकेको भन्दै उनीहरुमाथि कांग्रेस नेताहरुले प्रश्न उठाएकै कारण हेरफेर गर्नुपर्ने प्रश्न उठेको छ । कांग्रेसको अर्थमन्त्री भएर पनि आर्थिक संकटको बेलामा नयाँ भिजन ल्याउन नसकेका भन्दै कांग्रेसभित्रै अर्थमन्त्री प्रकाशशरण महतविरुद्ध आवाज उठिरहेको छ । गर्भनर महाप्रसाद अधिकारीले समेत अर्थमन्त्री महतलाई अटेर गरिरहेका छन् । मन्त्रालयभित्र पनि कोर्डिनेशन नभएको भन्दै प्रश्न उठेको छ ।

यता, परराष्टमन्त्री एनपी साउदको विषयमा चाहिँ पार्टीभित्र मात्र होइन, मन्त्रालयदेखि कूटनीतिक वृत्तमा विकल्प खोज्न आवाज उठेको स्राेतकाे बताउछ । उनको काम गर्ने शैली र क्षमतामा गम्भीर प्रश्न उठेको हाे । त्यसैले, मन्त्री साउदको विकल्प खोज्नुपर्ने माग उठेको छ । केही शक्ति केन्द्रका निश्चित मान्छेको सँगको अस्वभाविक साँठगाँठ रहेको भन्दै साउदमाथि प्रश्न उठेको हो ।

साथै, एकीकृत समाजवादीका नेताहरुले पनि मन्त्रीहरु फिर्ता बोलाउनुपर्ने र नयाँ टीम पठाउनुपर्ने तर्क गरिरहेका छन् । यो विषय पार्टीभित्र गम्भीर रुपमा उठेको स्राेत बताउछ । केही दिनअघिको सचिवालय बैठकमा पनि यो कुरा उठेको थियो । कृषिमन्त्री बेदुराम भुसालले काम गर्न नसकेको भन्दै उनलाई सबैभन्दा पहिला फिर्ता बोलाउनुपर्ने आवाज पार्टीभित्र उठेको छ । त्यसो त प्रेम आले, किसान श्रेष्ठहरुको टीम पहिलादेखि नै मन्त्री हुने प्रयासमा रहेका छन् ।

त्यसले गर्दा पनि उनीहरुको आवाज ठूलो हुँदै गएको छ । उता, माओवादीमा पनि शक्ति बस्नेतले भूमिका विहिनजस्तो भएर मन्त्री पद ओगटेको आरोप लागिरहेको छ । खासै काम देखाउन नसकेका शक्ति बस्नेतलाई वर्षमान पुन रिझाउन मन्त्री बनाइराखेको भन्दै प्रश्न उठ्ने गरेको छ । त्यसरी मन्त्री हेरफेर गर्ने क्रममा प्रचण्डले केही नयाँ दललाई सरकारमा सहभागी गराउने प्रयास पनि गरेको बालुवाटार स्रोतको दावी छ । साँघुबाट