आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

युट्युवर मनोज मानव पक्राउ

शुक्रबार, कार्तिक २४ २०८०

काठमाडौं । युट्युवर मनोज मानव (मनोजकुमार महतो) पक्राउ परेका छन् ।

विभिन्न व्यक्तिको चरित्र हत्या गरेको आरोपमा मनोजलाई पक्राउ गरिएको साइबर ब्युरोले जनाएको छ ।

उनलाई प्रहरीले बुधबार साँझ काठमाडौंको कीर्तिपुरबाट पक्राउ गरेको हो।

नेपाल प्रहरीको साइबर व्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक पशुपतिकुमार रायले मनोजलाई पक्राउ गरिएको जानकारी दिए।

सामाजिक सञ्जालमार्फत् महिलाको चरित्र हत्या गरेको आरोपमा मनोज पक्राउ परेका हुन्।

उनीमाथि एमाले नेता महेश बस्नेत, अभियान्ता तारा वराल पत्रकार ऋषि धमलालगायतको चरित्र हत्या गरेको आरोप लाग्दै आएको छ ।

मनोजलाई अदालतमा पेश गर्ने प्रहरीको तयारी छ।