बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

बिहिबार, कार्तिक २३ २०८०

मिर्चैया नगरपालिका–६ कटारी चौक बस्ने संजय यादवको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २८ वर्षीय राजाराम साह समेत ५ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ५ सय ८५ रुपैँया, ६ सय भारतीय रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।