बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

टी-२० विश्वकपमा छनोट टिमलाई नगद ५० लाख दिने क्यानको घोषणा

सोमबार, कार्तिक २० २०८०

काठमाडौं । नेपाल क्रिकेट संघ-क्यानले आईसीसी टी-२० विश्वकपमा छनोट हुन सफल नेपाली टोलीलाई ५० लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

क्यानको सोमबार बसेको बैठकले एसिसी यू–१९ प्रिमियर कप जितेर एसिसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टोलीका खेलाडीलाई जनहीँ ५० हजार रुपैयाँ दिने पनि निर्णय गरेको छ ।