बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

भारतीय चर्चित अभिनेत्री मृणाल विवाह बन्धनमा बाधिँदै

आइतबार, कार्तिक १९ २०८०

मुम्बई । बलिउड र दक्षिण भारतकी सफल र चर्चित अभिनेत्री मृणाल ठाकुर विवाह बन्धनमा बाधिने भएकी छन् ।

समाचारहरूका अनुसार मृणाल ठाकुर एक तेलुगु अभिनेतासँग प्रेममा छिन् । दुवै छिट्टै नै आफ्नो सम्बन्धलाई एक कदम अगाडि बढाउन गइरहेका छन् अर्थात् दुवै छिट्टै नै विवाह बन्धनमा बाँधिँदैछन् ।

हालै एउटा अवार्ड शोमा सीता रामका लागि मृणाललाई उत्कृष्ट अभिनेत्रीको अवार्ड दिँदै साउथका दिग्गज फिल्म निर्माता अल्लु अरिविंदले मृणाललाई छिट्टै बिहे होस् भनेर आशीर्वाद दिएका थि। ‘म चाहन्छु कि मृणाल हैदरावाद सेटल होऊन्,’ अल्लु अरविन्दले भन्नुभएको थियो । अवार्ड शोलगत्तै मृणालको बिहेको चर्चा सुरु भयो । एउटा अन्तर्वार्तामा बिहेका लागि उपयुक्त व्यक्ति खोज्ने कुनै सही उमेर नहुने मृणालले भनेकी थिइन् ।

उनका दुई नयाँ चलचित्र ‘हाई नन्ना’ र ‘फ्यामिली स्टार’ रिलिज हुने क्रममा छन् । यी दुवै चलचित्र तमिल, तेलुगु र हिन्दीसमेत कैयौं भाषामा रिलिज हुनेछन् ।