आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

भूकम्पमा परी मृत्यु हुनेको संख्या १३० नाघ्यो

शनिबार, कार्तिक १८ २०८०

सुर्खेत । शुक्रबार राति गएको भूकम्पमा परी अहिलेसम्म मृत्यु हुनेको संख्या १३० नाघेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोट र जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमका अनुसार क्रमशः जाजरकोटामा ९४ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको विवरण प्राप्त भएको छ ।

जाजरकोटमा ६४ जना र रुकुम पश्चिममा ८५ जना भन्दा बढी घाइते भएका छन् । सबै घाइतेको उपचार भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय जाजरकोटलङ्गा सदरमुकाम, नलगाड नगरपालिका र भेरी नगरपालिकामा सबैभन्दा धेरै मानवीय क्षति भएको प्रारम्भिक रिर्पोट आएको छ ।

यसैगरी जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाको टोली उद्धार तथा राहत कार्यमा खटिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए।

गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो ।