जाजरकोट । गएराति गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म मर्नेको सङ्ख्या १२८ पुगेको छ ।
प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार, जाजरकोटमा भूकम्पबाट ९२ जनाको निधन भएको छ भने ५५ जना घाइते भएका छन् ।
यसैगरी, रूकुम पश्चिममा ३६ जनाको निधन भएको छ र ८५ जना घाइते भएका छन् ।
थप विवरण आउने क्रम जारी छ ।
यसैबीच जाजरकोटमा गए राति गएको भूकम्पमा परी घाइतेको उद्धार तथा उपचारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको स्वास्थ्य टोली त्यस क्षेत्रमा जानेभएका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार नेपाली सेनाका १६ जना चिकित्सक र उपचारका सामग्रीसहित त्यसतर्फ जानेभएका हुन् ।