काठमाडौँ – आईसीसी टी–२० विश्वकपमा छनोट भएपछि नेपाली टोलीका कप्तान रोहित पौडेलले निकै भाग्यमानी र गर्व लागिरहेको प्रतिक्रिया दिएका छन् ।
आज (शुक्रबार) भएको खेलपछि सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले आफ्नै नेतृत्वमा आईसीसी टी–२० विश्वकपमा छनोट हुँदा निकै भाग्यमानी र गर्व लागिरहेको बताएका हुन् ।
‘सन् २०१४ को विश्वकप नेपालले खेलेको हेरेर हुर्किएको पुस्ता हामी अहिले मेरै नेतृत्वमा छनोट हुँदा खुसी लागेको छ’, रोहितले भने । नेपाललाई विश्वकपसम्म पुराउनका लागि टिमका सबैले निकै मेहतन गरेको उनले बताए । विश्वपकको एसिया छनोट फाइनलको सेमिफाइनल खेलमा शुक्रबार यूएईलाई आठ विकेटले हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो ।