काठमाडौं- प्रधान सेनापति महारथी प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्नल गरी हिजो मिति २०८० कार्तिक १६ गते स्वदेश फर्किएका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सिताराम खड्काले स्वागत गरे । उनी यहि कार्तिक १० गते त्यसतर्फ प्रस्थान गरेका थिए ।
प्रधान सेनापति चीनमा रहँदा बेइजिङमा आयोजित बेजिङ सिआन्सन फोरमको समुद्धघाटन समारोहमा सहभागी भएका थिए । भ्रमणको क्रममा प्रधान सेनापतिको सम्मानमा चीनिया जनमुक्ति सेनाको टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
बेइजिङमा रहँदा प्रधान सेनापतिको सम्मानमा चीनका लागि नेपालका महामहिम राजदूतले आयोजना गरेकोे स्वागत समारोहमा सरिक भए । भ्रमणको क्रममा उनले ग्रेट वाल लगायत बेइजिङस्थित महत्वपूर्ण पर्यटकीय स्थलहरुको समेत भ्रमण गरे ।



