काठमाडौं- ईलामको माङसेबुङ गाउँपालिका–३ सालघारी बस्ने सोही गाउँपालिका–५ घर भएका अदबसिङ राईको घरसँगै रहेको भान्सा कोठामा बुधबार दिउँसो आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख ५० हजार रुपैयाँको बराबरको धनमाल नष्ट भएको छ ।
नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका–१६ कुकुरमारास्थित खेतको माटो निकाल्न राखेको बर्दघाट नगरपालिका–१ जिमिरेभार बस्ने सतिष हरिजनको लु.१ क ४६९६ नम्बरको स्काइभेटरमा बुधबार राति आगलागी हुँदा स्काइभेटर आंशिकरूपमा जलेर करिब ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।