आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३

जुवातास खलिरहेको अवस्थामा १८ जना पक्राउ

बिहिबार, कार्तिक १६ २०८०

काठमाडौं- कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१ बंसाहा बस्ने फलेन्द्र रानाको भान्छा कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर रानासमेत ८ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय २७ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगंज उपमहानगरपालिका–२ बस्ने ३२ वर्षीय रमेश साहुको घरमा जुवातास खेलिरहेको अवस्थामा नेपालगंज बस्ने दाङ घोराही उपमहानगरपालिका–१५ घर भएका २८ वर्षीय राजकुमार वली समेत १० जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नेपालगंजबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८९ हजार ६ सय ३६ रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।