शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

दाङका इन्जिनियरलाई भ्रष्टाचार मुद्दा: तीन करोड १५ लाख बिगो दावी

बुधबार, असोज १७ २०८०

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको लमहीस्थित जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका इन्जिनियर रामबहादुर रानाभाटविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

उनले तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको ठहर गर्दै अख्तियारले बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । दायर गरिएको मुद्दामा अख्तियारले रानाभाटसँग तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ बिगो दाबी गरेको छ । रानाभाटले गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो ।

अनुसन्धानमा उनले २०४६ असार ३० गतेदेखि २०७९ कात्तिक ६ गतेसम्मको अवधिमा स्रोत नखुलेको तीन करोड १५ लाख ८१ हजार ६६ रुपैयाँ आर्जन गरेको पाइएको अख्तियारद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । यस्तै, रानाभाटले गैरकानुनी रुपमा आर्जन गरेको सम्पत्ति उनले श्रीमती राधा रानाभाट समेतको नाममा राखेको भेटिएपछि अख्तियारले राधालाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।